Hamro Patra
टीकापुरको मेयरमा नागरिक उन्मुक्ति र उपमेयरमा माओवादी केन्द्र

टीकापुर, जेठ ५
कैलालीको टीकापुर नगरपालिको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु भारी मतान्तरले विजयी भएका छन । उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका नवराज रावल भन्दा ३ हजार मत बढी ल्याएका छन ।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार थारुले ९ हजार ६४२ र रावलले ६ हजार ६४२ मत प्राप्त गरेका छन ।

CMA Staff

उनका अनुसार उपमेयरमा भने गठबन्धका तर्फबाट नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन । उनले ७ हजार ९५५ मत ल्याएका छन । उनका प्रतिस्पर्धी नागरिक उन्मुक्तिका उल्कादेवी विकले ७ हजार ८०२ मत पाएकी छन ।

टीकापुर नगरपालिकामा ३१ हजार ५२३ मत खसेको थियो । सबैभन्दा बढी मत खसेको वडा नं. १ मा नेकपा एमालेका मोहन विक विजयी भएका छन । उनी प्रतिस्पर्धी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरी भन्दा ३ मत बढी ल्याएर विजयी भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए । विकले २ हजार ४९८ र चौधरीले २ हजार ४९५ मत पाएका छन । वडा नं. १ मा ११ हजार ७९ मत खसेको थियो ।

कुल नौवटा वडा मध्ये काँग्रेसले ३, माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २ र एमालेले एक वडाध्यक्ष जितेको छ । काँग्रेसका तर्फबाट वडा नं. २ मा दीपक चौधरी, वडा नं. ३ मा ऋषी विश्वकर्मा र वडा नं. ६ मा बलिराम चौधरी विजयी भएका छन ।

त्यस्तै माओवादी केन्द्रबाट वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ मा लौटन चौधरी विजयी भएका छन । ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष थिए ।

नागरिक उन्मुक्तिका तर्फबाट वडा नं. ४ मा लालविर चौधरी र वडा नं. ५ मा बलबिर चौधरी विजयी भएका छन । वडा नं. ४ का लालविर यसअघि समेत वडाध्यक्ष थिए । त्यस्तै वडा नं. १ मा एमालेका मोहन विक विजयी भएका छन । उनी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीसँग ३ मतान्तरले विजयी भएका हुन । उनले २ हजार ४९८ मत पाएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update