Hamro Patra
टीकापुरको उपमेयरमा तिब्र प्रतिस्पर्धा

टीकापुर, जेठ ४
टीकापुर नगरपालिकाको उपमेयरका लागि दुईजना बीच तिब्र प्रतिस्पर्धा भैरहेको छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खडक शाह र नागरिक उन्मुक्तिका उल्कादेवी विश्वकर्माबीच तिब्र प्रतिस्पर्धा छ ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका शाह नागरिक उन्मुक्तिका विश्वकर्मा भन्दा ६ मतले अघि रहेका छन । शाहले ७ हजार २४९ र विश्वकर्माले ७ हजार २४३ मत पाएका छन ।

CMA Staff

सुरुवाती अग्रता लिएकी विश्वकर्मालाई वडा नं. ९ को मत गणना पश्चात शाहले पछि पारेका थिए । वडा नं. ४ को मत गणना पश्चात भने विश्वकर्माले शाहलाई पछि पारेकी थिईन । त्यसपछिको मत परिणाममा समेत उनीहरुबीच थोरै मतले अघिपछि हुने क्रम बढेको थियो ।

अहिले वडा नं. १ र ६ को मत गणना भैरहेको छ । वडा नं. १ को करिव १ हजार ७०० र वडा नं. ६ को करिव ६०० मत गणना हुन बाँकी छ ।

मेयरमा भने नागरिक उन्मुक्तिका रामलाल डगौरा थारुले अत्याधिक मतान्तरमा अग्रता लिईरहेका छन । उनको सुरुवाती अग्रतालाई कसैले पछ्याउन सकेको छैन ।

टीकापुर नगरपालिकामा ३१ हजार ५२३ मत खसेको छ । अन्य सात वडाको मत परिणाम भने आईसकेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अहिलेसम्मको मत परिणाम अनुसार वडा नं. २ मा काँग्रेसका दीपक चौधरी, वडा नं. ३ मा काँग्रेसकै ऋषी विश्वकर्मा विजयी भएका छन । त्यस्तै वडा नं. ४ मा नागरिक उन्मुक्तिका लालबिर चौधरी, वडा नं. ५ मा नागरिक उन्मुक्तिकै बलबिर थारु, वडा नं. ७ मा माओवादी केन्द्रका यज्ञ न्यौपाने, वडा नं. ८ मा माओवादी केन्द्रकै दीर्घ ठकुल्ला र वडा नं. ९ मा माओवादी केन्द्रकै लौटन चौधरी विजयी भएका छन ।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update