टीकापुर, जेठ ३
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरीको वडामा स्थानीय तहको निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारको लज्जास्पद हार भएको छ ।
जोशीपुर गाउँपालिका वडा नं. ४ मा काँग्रेसका तर्फबाट उम्मेदवार रहेका लखनलाल चौधरी विजयी उम्मेदवारसँग आधा भन्दा कम मत ल्याएर पराजित भएका छन ।
उनले ५९९ मत मात्रै प्राप्त गरेका छन । सो वडामा नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी प्यानल सहित वडाध्यक्षमा विजयी भएका छन ।
उनले १ हजार ४३४ मत प्राप्त गरेका छन । साथै सोही वडामा महिला सदस्यमा सुमित्रा चौधरी, दलित महिला सदस्यमा दिलमाया विश्वकर्मा, खुल्ला सदस्यहरुमा सञ्चित चौधरी र वेफराम डगौरा विजयी भएका छन ।
वडाध्यक्षका अन्य प्रतिस्पर्धी मध्ये राप्रपाका दानबहादुर चौधरीले १५८, जसपाका गणेशप्रसाद चौधरीले ५७ र स्वतन्त्र उम्मेदवार शेरबहादुर कुश्मीले २० मत प्राप्त गरेका छन ।