टीकापुर, बैशाख ३
कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कणर्बहादुर कुवँर विजयी भएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका बलिराम चौधरीसँग पराजित भएका कुँवर यसपटक गठबन्धनका उम्मेदवार शेरबहादुर कठरियालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशराज गिरी विजयी भएका छन् ।
मतपरिणाम अनुसार कुवँर ५ हजार ८ शय ४२ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका छन् भने गिरी ४ हजार, ५ शय ६९ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका छन् ।
अध्यक्षमा पराजित नेपाली कांग्रेसका शेरबहादुर कठरियाले ४ हजार १ शय ८६ मत ल्याएका थिए भने उपाध्यक्षमा पराजित एमालेका इन्दु कठरियाले ४ हजार २ शय ५५ मत ल्याएका छन् ।
कुवँर १ हजार ६ शय ५६ मतान्तरले र गिरी ३ शय १४ मतान्तरले विजयी भएका हुन् ।
अध्यक्ष कुँवर कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।