Hamro Patra
जोशीपुरमा राप्रपालाई उछिन्दै नागरिक उन्मुक्तिको अग्रता

टीकापुर, जेठ ३
कैलालीको जोशीपुर गाउँपालिकामा राप्रपालाई पछि पार्दै पुनः नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । वडा नं. १ र २ मा अघि रहेको नागरिक उन्मुक्तिलाई राप्रपाले वडा नं. ३ को मत गणनामा पछि पारेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. ४ को मत गणना सुरु भएसँगै नागरिक उन्मुक्तिले पुनः अग्रता लिएको छ ।

नागरिक उन्मुक्तिका तर्फबाट अध्यक्ष पदका उम्मेदवार चित्रबहादुर चौधरीले राप्रपाका भीमबहादुर बमलाई ६४३ मतले पछि पारेका छन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले २ हजार ९३५ र बमले २ हजार २९२ मत पाएका छन ।

CMA Staff

त्यस्तै काँग्रेसका बन्सराम बडायकले १ हजार ९५५, जसपाका चन्द्र प्रकाश चौधरीले १ हजार ३३ र एमालेका केशरबहादुर डगौराले ७११ मत पाएका छन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं. १, २, ३ र ४ को मत गणना सम्पन्न भएको छ । नागरिक उन्मुक्तिले वडा नं. १, ३ र ४ मा वडाध्यक्ष सहित पूरै प्यानल जितेको छ । वडा नं. १ को वडाध्यक्षमा रामचन्द्र चौधरी, वडा नं. ३ को वडाध्यक्षमा रेणुकुमारी डगौरा र वडा नं. ४ को वडाध्यक्षमा राम जनम चौधरी विजयी भएका छन । वडा नं. २ मा भने जसपाका विष्णुप्रसाद डगौरा तीन सदस्य सहित वडाध्यक्षमा विजयी भएका छन । एक खुल्ला सदस्यमा नागरिक उन्मुक्तिका सोहनलाल चौधरी विजयी भएका छन ।

उपाध्यक्षमा नागरिक उन्मुक्तिका तर्फबाट उपाध्यक्ष रेखादेवी कठरियाले हालसम्म २ हजार ९१२ मतका साथ अग्रता लिएकी छन । उनलाई काँग्रेसकी किरण चौधरीले पछ्याईरहेकी छन । चौधरीको १ हजार ९१७ मत रहेको छ ।

जोशीपुर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री रामजनम चौधरी र नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति तथा पूर्व राज्यमन्त्री जनक चौधरीको पालिका हो । यहाँ २०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले अध्यक्ष र उपाध्यक्ष सहित अधिकांश वडामा जितेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update