टीकापुर, जेठ ३
टीकापुरका युवा व्यवसायी टीकाराम जैशीले झण्डै दुई अर्बको लागतमा स्टिल उद्योग सञ्चालनमा ल्याएका छन् ।
जैशीले बुद्ध पूणर्िमाको अवसरमा जानकी गाउँपालिका वडा नं. ८ पहाडीपुरमा मालिका स्टील उद्योग सञ्चालनमा ल्याएको हुन् । उद्योगका अध्यक्ष टीकाराम जैशीका अनुसार १ अर्ब ७० करोड रुपैयाँ लगानी भएको उद्योगबाट ग्याबियन तार, बाब्र्ड तार, टोरकारी, किलाकाँटा लगायतका वस्तुहरु उत्पादन हुनेछन् ।
पूणर् रुपमा सञ्चालन हुँदा प्रतिदिन १ शय ५० टन उत्पादन क्षमताको उद्योगमा पाँच शय जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालक जैशीले बताए । सुदूरपश्चिमको पूर्वी भाग, लुम्बिनी प्रदेशको पश्चिमी भाग र कणर्ाली प्रदेशको दक्षिणी क्षेत्रमा उद्योग स्थापना गरेर तीनवटै प्रदेशमा कारोवार गर्ने लक्ष्य रहेको जैशीले बताए ।
उनका अनुसार फलामजन्य सामग्री उत्पादन गर्ने यो उद्योग सुदूरपश्चिममै ठूलो लगानीको पहिलो उद्योग हो ।
‘आफ्नो क्षेत्रबाटै अन्य प्रदेशमा कारोवार गर्न सकिने सम्भावना देखेपछि उद्योग सञ्चालनमा ल्याएका छौं’ जैशीले भने ‘आगामी दिनमा समेत फलामजन्य उत्पादनमा वृद्धि गर्दै जाने योजना छ ।’
उनले सुदूरपश्चिम र कणर्ाली प्रदेशको चिसापानी-कुइने सडक सञ्चालन तथा कणर्ाली नदीको कुइनेमा पक्की पुल निर्माण सम्पन्न भएसँगै यस क्षेत्रमा औद्योगिक वातावरण बन्दै गएको बताए ।