Hamro Patra
टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

टीकापुर, जेठ २
कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ । मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झण्डै दोब्बर मतले अग्रता लिईरहेका छन । उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन ।

दोस्रो स्थानमा रहेका गठबन्धनका तर्फबाट मेयर पदका प्रत्यासी काँग्रेसका नवराज रावलको २ हजार २४९ मत रहेको छ । त्यस्तै एमालेका श्याम खत्रीको १ हजार ५६८ मत रहेको छ ।

CMA Staff

उपमेयरमा समेत नागरिक उन्मुक्तिकै उल्कादेवी विकले अग्रता लिएकी छन । उनको ३ हजार १५९ मत छ । उनलाई वडा नं. ३ र ९ को मत गणना पछि नेकपा माओवादी केन्द्रका खडक शाहले पछि पारेका थिए । वडा नं. ४ मा राम्रो मत ल्याएपछि विकले पुनः अग्रता लिएकी हुन । दोस्रो स्थानमा रहेका शाहको २ हजार ८३३ मत र तेस्रोमा रहेकी नेकपा एमालेकी उपमा केसीको १ हजार ३९१ मत रहेको छ ।

टीकापुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा दुईवटामा नागरिक उन्मुक्ति पार्टीले प्यानल सहित जित हात पारेको छ भने एक वडामा माओवादी केन्द्र र अर्को एकमा काँग्रेसको वडाध्यक्ष जितेका छन ।

अब पाँचवटा वडाको मत गणना बाँकी छ । अहिले वडा नं. ८ को मत गणना भैरहेको छ । सबैभन्दा धेरै मत खसेको वडा नं. १ को मत गणना बाँकी छ । यहाँ ११ हजार बढी मत खसेको छ ।

टीकापुर नगरपालिकामा काँग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन भएको छ । काँग्रेसले मेयर, माओवादी केन्द्रले उपमेयर र एकिकृत समाजवादीले वडा नं. १ को वडाध्यक्ष पाएका छन ।

मतदाताले उम्मेदवार नै नरहेका चिन्हमा समेत भोट हालेका छन । मेयरमा माओवादी केन्द्रले ४७९ र उपमेयरमा काँग्रेसले ८३३ मत पाएको छ । यसरी मत खेर गएपछि गठबन्धनलाई जित्न निकै असहज भैरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update