Hamro Patra
बिवाईसी मेयर कपको उपाधी खजुरालाई

हेमराज भट्ट
अत्तरिया, बैशाख १९
कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा सम्पन्न प्रथम बिवाईसी मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिता खजुरा गाँउपालिका नेपालगञ्ज बाँकेले जितेको छ ।

तेघरीस्थित बनदेवी युवा क्लबको खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा भजनी नगरपालिकालाई शुन्यका विरुद्द १ गोल गर्दै खजुरा गाउँपालिकाले जितेको हो ।

Khadga Memorial And Janajagriti

प्रतियोगिताको विजेता भएसंगै खजुरा गाउँपालिकाले नगद ३ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र हात पारेको छ । त्यस्तै उप–विजेता बनेको भजनी नगरपालिकाले १ लाख ५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

खजुरा गाउँपालिकाका तर्फवाट जर्सी नं. १० का खेलाडी दिपकराज सिंह ठकुरीले गरेको गोल नै निर्णायक बन्यो । आफुले पाएको धेरै मौकालाई सहि तरिकाले प्रयोग गर्न नसक्दा भजनी नगरपालिका पराजित हुनुपर्यो ।

खेलको म्यान अफ द म्याच र वेस्ट स्कोरर खजुरा गाउँपालिकाका दिपकराज सिंह ठकुरी घोषित भए । उनले म्यान अफ द म्याच भए वाफत नगद ३ हजार र वेस्ट स्कोरर वाफत नगद १० हजार हात पारे ।

उदयमान खेलाडी गोदावरी नगरपालिका टिम बि का योगेन्द्र खड्का, उत्कृष्ट गोल किपर खजुराका सुजित बि.क, उत्कृष्ट डिफेन्डर भजनी नगरपालिकाका सुनिल धामी घोषित हुँदै समान १०÷१० हजार नगद प्राप्त गरेका छन ।

बिजेता र उपविजेता टोलीलाई समापन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँद र विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष कृष्णराज जोशीले नगद सहित पुरस्कार प्रदान गरेका थिए ।
बनदेवी युवा क्लब तेघरीको आयोजनामा यहि बैशाख १० गतेबाट सुरु भएको सो प्रतियोगितामा देशैभरवाट गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका गरी जम्मा १० टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update