टीकापुर, जेठ १
टीकापुर नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा काँग्रेसका ऋषी विश्वकर्मा विजयी भएका छन । उनी ६३३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
उनीसँगै दुई खुल्ला सदस्य समेत काँग्रेसले नै जितेको छ । विजयी हुने दुई खुल्ला सदस्य मध्ये जयराम थारुले ४९४ र तेजराम चौधरीले ४८७ मत पाएका छन ।
दलित महिला र खुल्ला महिला समस्यामा भने नेकपा माओवादी केन्द्रले जित हात पारेको छ । दलित महिला सदस्यमा विजयी हुने कमलादेवी विकले ५३७ र खुल्ला महिला सदस्य लवरी चौधरीले ५३४ मत प्राप्त गरेका छन ।
वडाध्यक्षमा माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ भने नागरिक उन्मुक्ति तेस्रो स्थानमा छ । वडाध्यक्षमा माओवादी केन्द्रले ५७५ र नागरिक उन्मुक्तिले ३२९ मत प्राप्त गरेका छन ।
मेयर र उपमेयरका हकमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भए पनि वडामा भने मित्रवत प्रतिस्पर्धा गरेका थिए ।
वडाध्यक्षमा जित हात पारे पनि मेयरमा भने नागरिक उन्मुक्तिले नै धेरै मत ल्याएको छ । मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा थारुले ६८३ मत प्राप्त गरेका छन । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार काँग्रेसका नवराज रावलले ५८२ र एमालेका श्याम खत्रीले २७७ मत प्राप्त गरेका छन ।
उपमेयरमा भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खडक शाहले सबैभन्दा धेरै ८०४ मत ल्याएका छन । उपमेयरमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकले ४४८ र एमालेकी उपमा केसीले २६८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
वडा नम्बर ३ र ५ को मत गणना सकिएसँगै मेयरमा नागरिक उन्मुक्तिका थारुको १ हजार ४४५, काँग्रेसका रावलको ९८३ र एमालेका खत्रीको ७८५ मत पुगेको छ । त्यस्तै उपमेयरमा नागरिक उन्मुक्तिका विकको १ हजार ३६१, माओवादी केन्द्रका शाहको १ हजार २१० र एमालेका केसीको ६४८ मत पुगेको छ ।