Hamro Patra
वडा नं. ५ मा नागरिक उन्मुक्तिको टिम विजयी

टीकापुर, बैशाख ३१
टीकापुर नगरपालिका वडा नं. ५ मा नागरिक उन्मुक्ति पार्टीको पूरै टिम विजयी भएको छ । वडाध्यक्षका उम्मेदवार बलविर थारु लगायतको टिम विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विजयी वडाध्यक्ष थारुले ८२० मत प्राप्त गरेका छन । त्यस्तै महिला सदस्य बासमती कुमारी चौधरीले ८६२, दलित महिला सदस्य सीता भुलले ८९६, खुल्ला सदस्य कन्हैया चौधरीले ८२३ र बलराम चौधरीले ८५९ मत प्राप्त गरेर विजयी भएका छन । वडा नम्बर ५ मा २ हजार ९५७ मत खसेको थियो ।

CMA Staff

सो वडाबाट मेयरमा नागरिक उन्मुक्ति पार्टीकै रामलाल डगौरा थारु र उपमेयर उल्कादेवी विकले सबैभन्दा धेरै मत प्राप्त गरेका छन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयर थारुले १ हजार ६२ र उपमेयर विकले ९१३ मत प्राप्त गरेका छन ।

त्यस्तै मेयरमा नेकपा एमालेका श्याम खत्रीले ५०८ र गठबन्धनका तर्फबाट काँग्रेसका नवराज रावलले ४०१ मत प्राप्त गरेका छन । उपमेयरमा एमालेका उपमादेवी केसीले ३८० र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खडक शाहले ४०६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । उपमेयर तर्फ उम्मेदवार नै नरहेको काँग्रेसको रुख चिन्हमा १३४ र मेयर तर्फ माओवादी केन्द्रको गोलाकार भित्र हसिया हतौडामा २९ मत खसेको पाईएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update