टीकापुर, बैशाख ३०
टीकापुर नगरपालिकामा आज भएको स्थानीय तहको निर्वाचनमा ५९ दशमलव एक प्रतिशत मत खसेको छ । कुल ५२ हजार ८ शय ७२ मतदाता रहेकोमा ३१ हजार ९ शय ९४ मत खसेको जनाइएको छ ।
प्राप्त जानकारी अनुसार वडा नं. १ मा ११ हजार ७९ मत खसेको छ । सबैभन्दा बढी मतदाता रहेको वडा नं. १ को वीरेन्द्र विद्या मन्दिर मतदान केन्द्रमा ६ हजार ६ शय ४८ र खड्ग स्मृति मा.वि. मतदान केन्द्रमा ४ हजार ४ शय ३१ मत खसेको जनाइएको छ ।
वडा नं. २ मा ३ हजार २ शय ३९, वडा नं. ३ मा २ हजार ३ शय ४९, वडा नं. ४ मा २ हजार ३ शय ७२ मत खसेको छ ।
त्यस्तै वडा नं. ५ मा २ हजार ९ शय ५९, वडा नं. ६ मा २ हजार १ शय ३२, वडा नं. ७ मा ३ हजार २३, वडा नं. ८ मा २ हजार ३ शय ४१ र ९ मा १ हजार ७ शय ९९ मत खसेको छ ।
टीकापुर नगरपालिकाका विभिन्न १६ वटा केन्द्रमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत पुष्कर खड्काले जानकारी दिएका छन् । उनका अनुसार मतपेटिका संकलन भइरहेको छ । उनले मतपेटिका संकलन भएलगत्तै मतगणना प्रारम्भ हुने बताए ।