१०६ वर्षीयाले गरिन मतदान
टीकापुर, बैशाख ३०
टीकापुरस्थित बिरेन्द्र विद्या मन्दिर मतदान केन्द्रमा १०६ वर्षीया बिन्द्रा कार्कीले मतदान गरेकी छन । उनी टीकापुर नगरपालिकाको सबैभन्दा जेष्ठ नागरिक हुन ।
टीकापुर नगरपालिका–१ ब्लक नं. ए की कार्कीलाई छोरा प्रेम कार्कीले मतदानमा सहयोग गरेका हुन । उनलाई छोराले स्कुटीमा राखेर मतदान स्थलसम्म पुर्याएका थिए ।
उनी वि.सं. १९७३ फागुन ५ गते अछामको तत्कालिन मेलरुख गाउँ पञ्चायत मुजामा जन्मिएकी हुन । उनको परिवार हाल टीकापुर नगरपालिका–१ ब्लक नं. ए मा बस्दै आएको छ ।
उनले आफ्नो जीवनमा दर्जन भन्दा बढी पटक मतदान गरेकी छन । यसअघिको स्थानीय तह निर्वाचनमा समेत उनले मतदान गरेकी थिईन । यसअघि टीकापुर नगरपालिकाको उपमेयर रहेकी केशरी रावल बिष्ट उनकी छोरी तर्फकी नातिनी हुन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ १०:०५
प्रतिक्रिया दिनुहोस्