Hamro Patra
दुव्यर्सन विरुद्ध सडक नाटक

नेत्रप्रसाद न्यौपाने
लम्की, बैशाख १८
कैलालीको जानकी गाउँपालिका वडा नं.–९ को वडा कार्यालयको आयोजनामा लागुपदार्थ दुव्यर्सनी सम्बन्धी बर्बाद नामक सडक नाटक प्रर्दशन गरिएको छ ।

वडा कार्यालयको लागु पदार्थ दुव्र्यसनी शिर्षकमा आर्थिक वर्ष २०७५÷७६ द्वारा विनियोजित रकमबाट खैरीफाँटा चौराहा र जनता आधारभुत विद्यालय गरी दुई स्थानमा सडक नाटक प्रर्दशन गरिएको हो । सडक नाटक खप्तड साँस्कृतिक परिवार टीकापुरका कलाकारले प्रस्तुत गरेका थिए ।

CMA Staff

वडाध्यक्ष खकेन्द्र भण्डारीले पछिल्लो समयमा युवाहरु लागुपदार्थ दुव्र्यसनीमा फसेकाले सचेतना फैलाउन सडक नाटक प्रदर्शन गरेको बताए ।

सडक नाटकलाई खप्तड साँस्कृतिक परिवार टीकापुरका संस्थापक नवराज रिमालले लेखन तथा सहजिकरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १८, २०७६  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update