टीकापुर, बैशाख १७
कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय अन्र्तगत टीकापुरस्थित प्राकृतिक स्रोत तथा व्यवस्थापन कलेज नेपाल विद्यार्थी संघ ईकाई समितिले नवआगन्तुक विद्यार्थीलाई आज कार्यक्रमकाबीच स्वागत गरेको छ ।
ईकाई सभापति टेकराज भट्टको अध्यक्षताम सम्पन्न भएको स्वागत कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावल प्रमुख अतिथि रहेका थिए । सो अवसरमा सम्बोधन गर्दै प्रमुख अतिथि रावलले युवाहरुकै कारण देशमा परिवर्तन सम्भव भएको बताए ।
उनले देश विकासमा युवाहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै अध्ययनका साथसाथै देश विकासमा समेत जुट्न युवाहरुलाई आग्रह गरे । उनले युवाहरुले कहिल्यै पनि गलत बाटोमा हिड्न नहुने बताए ।
सो अवसरमा नेपाली काँग्रेस महासमिति सदस्य तथा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकाका मेयरका उम्मेदवार नवराज रावलले देशका विभिन्न ठाउँबाट अध्ययनका लागि आएका विद्यार्थीहरुका कारण टीकापुरको महत्व बढ्दै गैरहेको बताए ।
कार्यक्रममा क्याम्पसका प्रिन्सिपल डा. ओम प्रकाश सिँह, नेपाली काँग्रेस कैलाली क्षेत्र नं. १ का सभापति प्रकाश शाह, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल, संस्थापक ईकाई सभापति भरतसिँह साउँद लगायतले बोलेका थिए ।
सोही अवसरमा बुद्धिचालका खेलाडी सुजना लोहनी र प्रथम भिसि कप फुटवल प्रतियोगितामा सहभागी टिमका क्याप्टेन सिजन शर्मालाई सम्मान गरिएको थियो ।