Hamro Patra
नेपालगञ्ज र कोहलपुरमा सहोदर दाजुभाई भिड्दै

नेपालगञ्ज, बैशाख १४
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा सहोदर दाजुभाई आपसमा भिड्ने भएका छन ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को वडाध्यक्षमा फरक–फरक पार्टीबाट सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन । नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् ।

CMA Staff

कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् भने उनी हाल तरुण दल बाँकेको सचिव छन् ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् । । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए ।

त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं. ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनीसँग ६५ मतले पराजित भएका थिए ।

माधव एमालेबाट र तारकेश्वर नेकपा (माओवादी) केन्द्र) बाट वडाध्यक्षका लागि भिड्दै छन् । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update