काठमाण्डौं, बैशाख १४
नेपाल सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिए ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी सेवामा रिक्त रहेको एआइजीको पदमा उनको नाम सिफारिस गरेको थियो ।
गत चैत ३० गते पुष्पराम केसी महानिरीक्षक (आइजिपी) भएका थिए । तीस वर्षे अवधिका कारण उनले २१ दिनमै अनिवार्य अवकाश पाउने भएका हुन् । केसी २०७९ वैशाख १८ सम्म नेतृत्वमा रहने छन ।
अर्याल अतिरिक्त महानिरीक्षक भएसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ । सशस्त्र प्रहरी नियमावली अनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकलाई महानिरीक्षकमा बढुवा गर्नसक्ने प्रावधान छ ।