Hamro Patra
साताको दुई दिन विदा दिने सरकारको निर्णय
CMA Staff

टीकापुर, बैशाख १४
नेपाल सरकारले साताको दुई दिन विदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेबाट कार्यान्वयनमा आउने गरी साताको शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।

कार्यालय समय भने बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म बढाइएको छ । इन्धन खपत कम गर्न आइतबार पनि सार्वजनिक बिदा दिनुपर्ने अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश भएपछि सरकारले सो निर्णय गरेको हो ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update