टीकापुर, चैत्र १०
'Build your future, be smart about money' भन्ने मुलनारा रहेको 10thGlobal Money Week (GMW)-2022 मनाउने क्रममासेन्चुरी कमर्सियल बैंक लि.टीकापुर शाखाले सरस्वती माध्यामिक बिद्यालय टीकापुर न.पा. वडा न. ०१ बनगाउमा १ दिने वित्तीय साक्षरता अभिवृद्धि सम्बन्धी जनचेतना मूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रम सेन्चुरी कमर्सियल बैंकका सुदुरपश्चीम प्रदेश प्रमुख बिशाल गुप्ताको सभापतित्वमा बैकंका टिकापुर शाखाका प्रबन्धक श्री ललित ढुंगानाज्युले सञ्चालन गर्नु भएको थियो।कार्यक्रममा विद्यालयका शिक्षकहरु, स्थानीय अभिभावक प्रतिनिधिहरु, विद्यार्थीहरू साथै बैंकका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
Global Money Week (GMW) 2022 हरेक मुलुकका किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियान हो । यो सप्ताह Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाउँदै आइएको छ । यही अभिप्राय बमोजिम कार्यक्रमले पैसा वा व्यक्तिगत आयआर्जनको पहिचान गर्नुका साथै पैसा वा आयआर्जनको उपयोगिता बढाउने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्यप्रति सबैलाई बित्तिय जानक।र गरी बित्तिय पहुच अभिबृद्दि तथा बैंकिङ्घ क्षेत्र सबलिकरण गरी सर्बाङगिण बिकासमा योगदान दिने शाखाका प्रबन्धक ढुंगानाले बताउनु भयो ।
किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदानगर्नु साथै सुरक्षित बैकिङ्घ कारोबार गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य थियो । सेञ्चुरी कमर्शियल बैंक लिमिटेडले समय–समयमाबित्तिय सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
हाल बैकले १२९ शाखा, १० बिस्तारित काउन्टर, २६ शाखारहित बैंकिङ्घ र ११३ ए.टि.एम. मार्फत बित्तिय सेवादिदै आएको छ ।