डडेल्धुरा, फाल्गुन २४
कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नं.४ अस्नेहरी स्थायी ठेगाना भई डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका वडा नं.५ खलंगा स्थित क्याम्ब्रिज पब्लिक स्कुलमा कक्षा २ मा अध्ययनरत ७ बर्षिय छात्र स्वहम् श्रेष्ठले आज मिति २०७८।११।२४ गते अन्तराष्ट्रिय महिला दिवसको दिन आफु अध्ययनरत बिद्यालयको प्रङ्गणमा बिद्यालयमा कार्यरत शिक्षकहरुको अगुवाईमा कक्षा ८ र ९ का छात्र छात्राहरुको सहयोगमा ३५ बोट दालचिनी र ३५ बोट राईसल्ला गरि जम्मा ७० बोट बृक्षारोपण गरेका छन् ।
बिश्वमा तिब्र रुपमा जलवायुमा भैरहेको परिवर्तनका कारण मानव समुदाय र सम्पूर्ण प्राणीहरुको अस्थित्व खतरामा रहेको भन्दै जलवायुमा भैरहेको परिवर्तनलाई न्यूनिकरण गर्ने बाल मनोबिज्ञान प्रस्फुटन भएको हुँदा सम्पूर्ण प्राणी जगतको रक्षाका लागि बृक्षारोपण को सुभारम्भ गरिएको छात्र स्वहम् श्रेष्ठको अबिभावक ले बताउनु भएको छ । बिश्वमा तिब्र रुपमा जलवायुमा भैरहेको परिवर्तनलाई न्यूनिकरण गर्ने र सम्पूर्ण प्राणी जगतको रक्षा गर्ने उद्धेश्यले लागि बिभिन्न स्थानहरुमा दैनिक १० बोट बृक्षारोपण गर्ने स्वहम् श्रेष्ठको लक्ष रहेको छ ।
अन्तराष्ट्रिय महिला दिवसको दिन सुभारम्भ गरिएको बृक्षारोपण का्यक्रममा विद्यालयका प्रिन्सिपल हर्केश साकीले "वृक्षारोपणले कृषकको आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्ने गरेको र हजारौं वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जन लगायतका मानिसका बिभिन्न आयश्कताहरु पुरा गर्दै आएको र धार्मिक महत्वका लागि समेत बिभिन्न स्थानहरुमा बृक्षारोण गरिदै आएको समेत रहेको छ । हिन्दू धर्म अनुसार वर, पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिने र अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिदै आएको भन्दै ग्रामीण जीविकोपार्जन सुधारका लागि समेत वृक्षारोपण महत्वपूर्ण रहेको तथा वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पुर्याइरहेको हुन्छ ।" भनि आफ्नो भनाई राख्नुभएको छ ।
कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाकर चतौटले "वृक्षारोपणको कार्यले मानव जीवनलाई मात्र सहज नपुर्याई सम्पूर्ण जैविक विविधता संरक्षणलाई समेत टेवा पुर्याएको, वृक्ष चराचुरुङ्गी देखि लिएर जंगली जनावर समेतको वासस्थान रहेको र यही वृक्षमा लडीबुडी खेल्दै अनेकौं प्राणीले जीवन धानेको, वृक्ष प्रकृतिको अनुपम उपहार हो, यो उपहारलाई विस्तारका लागि रोपण गर्नु अत्यावश्यक छ । हिन्दु धर्ममा वर पिपलका विरुवाहरुको रोपणले धर्म हुन्छ भन्ने मान्यता नै छ । यो मान्यताले हाम्रो पर्यावरण सन्तुलनका लागि भूमिका पनि खेलेको छ । हाम्रा परम्परागत ज्ञान सिप तथा संस्कारले पनि वृक्षारोपणको कार्यलाई राम्रो मान्दछन । वृक्षारोपणको कार्यलाई पुण्यसँग जोडेर समेत समाजमा हेरिने गरिन्छ । वृक्षारोपणले एकातर्फ घाँस, दाउरा, काठ, फलफुल आदिको सहज उपलब्ध गराएको छ भने अर्को तर्फ सारा विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनिकरण तथा अनुकुलनमा सहयोग पुर्याएको" भन्दै आफ्ना भनाई राख्नुभएको छ ।