Hamro Patra
टीकापुर जेसीजद्वारा Pre-Induction तालिम सम्पन्न
CMA Staff

टीकापुर, फाल्गुन १४

 टीकापुर जेसीजको आयोजनामा शनिबार एक दिने Pre-Induction Training सम्पन्न भएको छ । टीकापुर जेसीजका वर्ष २०२२ का अध्यक्ष टोप प्रकाश विकको अध्यक्षमा भएको तालिमको उद्घाटन कार्यक्रममा नेपाल जेसीज बर्ष २०१८का राष्ट्रिय उपाध्यक्ष,बर्ष २०२०का राष्ट्रिय महासचिव तथा टीकापुर जेसीजका पूर्व अध्यक्ष टेकराज रेग्मीले ब्याक्तित्व, नेतृत्व र उद्यमशिल्ताको विकासको लागि जेसीज भन्दा महत्त्वपूर्ण संस्था अरु कोहि हुन नसक्ने बताएका छन् । तालिमका प्रशिक्षक समेत रहेका रेग्मीले राजनीतिक गर्नु मात्रै नेतृत्व नभएको बताउँदै व्यावसायिक सफलता पनि सफल नेतृत्व भएको बताएका छन् । " जेसीज एक सिकाईको पाठशाला हो । यो पाठशालामा थुप्रै क्षमताको विकास हुन्छ ।" रेग्मीले भने, "बाहिर सुट बुट लगाउनेहरुको संस्था हो भन्ने भ्रम छ । जुन जेसीज भित्र आएपछि मात्रै थाहा हुन्छ ।"

   टीकापुर जेसिस २०२२ का महासचिव मंगल साउँदले सञ्चालन गरेको कार्यक्रमको स्वागत जेसीजकी कार्यकारिणी उपाध्यक्ष कृष्णा चौधरीले गरेकी थिइन । जेसिज आस्था पाठ उपाध्यक्ष पृथ्वी चपाईले गरेका थिए । तालिमको समापन कार्यक्रममा निवर्तमान अध्यक्ष लक्ष्मण थापा, टीकापुर जेसिसका मानार्थ सदस्य पृथ्वीराज ढुंगाना लगाएतले मन्तव्य राखेका थिए भने तालिम माथिको प्रकाश् ताकिम संयोजक झलनाथ खनालले पारेका थिए । तालिममा टीकापुर जेसिसका पदाधिकारी, संयोजक तथा अन्य युवाहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update