Hamro Patra
खप्तड गोल्डकप: उद्घाटन खेलमा मनाङ र दिल्ली एफसी भिड्ने

टीकापुुर, फागुन ११

पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र दिल्ली फुटबल क्लब खेल्ने भएका छन् ।

Khadga Memorial And Janajagriti

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले सार्वजनिक गरेको खेल तालिका अनुसार मनाङ मस्र्याङ्दी र दिल्लीबिच उद्घाटन खेल हुने भएको हो । प्रतियोगिता आउँदो फागुन १९ देखि २८ गतेसम्म हुँदैछ ।

आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा मनाङ र दिल्लीसहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम–११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ क्लब, न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update