टीकापुर, फागुन १०
कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्काका ३९ वर्षीय गोपी ओखेडा ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ।
ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार उनको पसलबाट ५० हजार ५ सय नगद, विभिन्न कम्पनीका ५/५ थान मोबाइल र घडी, एक थान कैँची र तौल गर्ने डिजिटल काटा बरामद गरिएको छ। ओखेडामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
त्यस्तै लम्कीचुहा नगरपालिका-१ लम्कीका २३ वर्षीय राजु चौधरी लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन्।
उनलाई आफ्नै घरको कोठामा लागूऔषध सेवन गरिरहेको अवस्थामा स–साना ५ वटा पुडीया लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
३०० मिलिग्राम परिमाणको उक्त लागूऔषधसहित पक्राउ परेका चौधररीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।