पूर्वपश्चिम राजमार्गको लम्कीमा शंकास्पद वस्तु फेला
टीकापुर, फागुन ४
एमसीसीको विरोध गर्दै नेकपा माओवादी विप्लबलगायतका चार दलहरुलेआयोजना गरेको नेपाल बन्दका दिन कैलालीमा शंकास्पद वस्तु फेला परेको छ ।
लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित पूर्वपश्चिम राजमार्गको धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको प्रहरीले जनाएको छ ।
फेला परेको उक्त वस्तु बम भएको आशंका गरिएको छ । घटनास्थलमा नेपाली सेनाको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८ ०८:०२
प्रतिक्रिया दिनुहोस्