Hamro Patra
कानुनी निर्क्योल नगर्दा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा अन्योल
 

धनगढी, फागुन १

मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेबारे सरकारले हालसम्म कानुनी निर्क्योल नगर्दा कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा अन्योल देखिएको छ ।

मेडिकल कलेज सञ्चालनका लागि झन्डै ५ अर्ब लागतमा तयार ती भवनहरू बिग्रेर जाने जोखिम बढ्दै गएको छ । तीन वर्षदेखिको अन्योल कायमै रहँदा मेडिकल कलेज सञ्चालनमा अन्योल देखिएको हो ।

CMA Staff

यता सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले भने तत्काल आवश्यक कानुनी प्रबन्ध गरेर मेडिकल कलेज चाँडो सञ्चालन हुनुपर्छ माग राख्दै आएपनि कसैले नसुन्ने गरेको बताए । सङ्घ र प्रदेश सरकारको साझेदारीमै सञ्चालन गर्ने भए पनि  आफूहरू तयार मुख्यमन्त्री भट्टको भनाई छ  ।

मेडिकल कलेज पूर्वाधार विकास समिति गेटा कैलालीका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार यसअघि एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयक तीन वर्षदेखि मन्त्रिपरिषद्मा थन्किएको छ ।

प्रस्तावित विधेयकअनुसार गेटा, बुटवल, बर्दिबास र सुर्खेतमा स्थापना हुने मेडिकल कलेजलाई लक्षित गरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवधारणा लिएको पुजाराले बताए ।यता, थन्किएकै उक्त प्रस्तावित विधेयकको खाकामै पनि यस क्षेत्रका बासिन्दा सहमत छैनन् । धेरै प्रतिष्ठान बनाउनुभन्दा छाता संरचना बनाएर गेटा मेडिकललाई पनि सोही एकीकृत प्रतिष्ठानभित्र समेट्ने योजना बनाइएको छ ।

त्यस प्रावधानअनुसार गेटा मेडिकल कलेज आङ्गिक निकायका रूपमा रहने अवस्था छ । सरकारले २०६७ मा मेडिकल कलेज प्रवर्द्धन समिति बनाएको थियो । पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत २०७२ मा यहाँको भौतिक पूर्वाधारहरू मेडिकल कलेज पूर्वाधार विकास समिति गेटा कैलाली गठन गरेर काम अघि बढाएको थियो ।

६ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भवनलगायत २७ वटा अत्याधुनिक भवनहरू तयार भइसकेका छन् । अस्पताल, कलेज, प्रशासनिक भवन, छात्रावास, निवासलगायत सात वटा प्याकेजअन्तर्गत भवन पूर्वाधारका कामहरू भएका हुन् ।

पर्खाल, ५ वटा निवास भवन, तटबन्धको काम पनि सम्पन्न भइसकेको छ । विद्युतीकरणका लागि टेन्डर भइसकेको छ । हस्पिटल कलेज, प्रशासनिक छात्रावास गरी ५ वटा भवन यस अघि नै निर्माण कम्पनीले विकास समितिलाई हस्तान्तरण गरिसकेको छ ।अब बाह्र काममा खानेपानी र फोहरमैला व्यवस्थापनको पूर्वाधार बनाउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update