Hamro Patra
राष्ट्रिय प्रशिक्षक ज्ञानेन्द्र विष्टको स्मृतिमा भलिबल प्रतियोगिता हुने

पृथ्वीराज ढुंगाना
टीकापुर, फागुन १

कैलालीको टीकापुरमा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । टीकापुर भलिबल ट्रेनिङ्ग सेन्टरका पूर्व प्रशिक्षक एवं राष्ट्रिय प्रशिक्षक स्वर्गीय ज्ञानेन्द्र विष्टको स्मृतिमा फागुन १९ गतेदेखि भलिबल प्रतियोगिता आयोजना हुने भएको हो ।

Khadga Memorial And Janajagriti

टीकापुर युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा खुल्ला पुरुष तथा महिला टिमको सहभागी हुनेछन् । आयोजक क्लबका अध्यक्ष तपेन्द्र कुँवरका अनुसार पुरुषतर्फको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख नगद पुरस्कार पाउनेछ भने द्वितीय र तृतीय हुने टिमले क्रमशः ५० हजार र २५ पुरस्कार पाउने छन् ।

त्यस्तै महिलातर्फ प्रथम हुने टिमले ३० हजार, द्वितीयले १५ हजार र तृतीय हुने टिमले ७ हजार पाँच शय पुरस्कार पाउने छन् ।

लामो समयसम्म खेल प्रतियोगिता हुन नसकेको अवस्थामा टीकापुरमा भलिबल प्रशिक्षण केन्द्र खोल्दै स्व. विष्टले भलिबलको प्रशिक्षण शुरु गरेका थिए । भलिबललाई उकास्ने उद्देश्यले तालिम केन्द्र सञ्चालन गरिएको भए पनि राष्ट्रिय प्रशिक्षक विष्टको कोरोना संक्रमणका कारण ज्यान गएपछि उनको स्मृतिमा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष कुँवरले बताए ।

‘क्लबले यसअघि समेत खेलहरु आयोजना गर्दै आएको थियो’ अध्यक्ष कुँवरले भने ‘यस वर्ष प्रशिक्षक स्व. विष्टको सम्मानका लागि उनको जन्मदिनको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेका छौं ।’

टीकापुरस्थित खुल्ला मञ्चमा रहेको टीकापुर भलिबल टे«निङ्ग सेन्टरको ग्राउण्डमा हुने प्रतियोगितामा विभिन्न टिमहरुको सहभागिता हुने कुँवरले बताए ।

प्रतियोगिताले टीकापुरमा खेललाई पुनर्जीवन दिने विश्वास व्यक्त गर्दै अध्यक्ष कुँवरले सहयोगका लागि सबैलाई अपिल गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update