Hamro Patra

धनगढी, माघ २७

सुदूरपश्चमिमा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निणर्य गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने भएको हो ।

CMA Staff

प्रदेश सरकारका प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूणर्ा जोशीका अनुसार आजको मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दी अनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई लेखी पठाउने निणर्य गरेको छ ।

अबको एक साताभित्रै सबै मन्त्रालयले माग आकृति फाराम भरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत आयोगलाई बुझाउने छन् । यता लोकसेवा आयोगका सचिव दुर्गादत्त बिष्टले भने माग आपूर्ति फाराम भरेर आइसकेपछि क्यालेन्डर बनाएर विज्ञापन गरिने जनाए ।

आयोगले पटकपटक खाली रहेका दरबन्दी पदपूर्तिका लागि विवरण पठाउन स्थानीय तह र प्रदेश सरकारलाई आग्रह गर्दै आएको थियो । सुदूरपश्चमि प्रदेशमा २३ शय बढी स्वीकृत दरबन्दी रहेकोमा झण्डै ४५ प्रतशित रिक्त रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update