Hamro Patra
एकदिने पशु स्वास्थ्य शिविर सम्पन्न
Khadga Memorial And Janajagriti

टीकापुर, २० चैत
जानकी गाउँपालिका वडा नं. ३ मा बुधवार एकदिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ हजार २१५ पशुको स्वास्थ्य परिक्षणका साथै उपचार गरिएको छ । शिविरमा एक लाख बराबरको औषधी निशुल्क वितरण गरिएको छ ।

शिविरको एक समारोहकाबीच जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरीले उद्घाटन गरेका थिए । सो अवसरमा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष उमा महतौ, अतिथिमा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, पशु चिकित्सक डा. निरञ्जनकुमार चौधरी रहेका थिए ।

वडा नं. ३ का वडाध्यक्ष प्रदिप शाहको सभापतित्वमा सम्पन्न भएको उद्घाटन समारोहमा स्वागत सुरज बादीले गरेका थिए भने कार्यक्रमको सञ्चालन टीकापुर पशुसेवा शाखा प्रमुख श्यामराज पाण्डेयले गरेका थिए ।
शिविरमा जोशीपुरका पशु स्वास्थ्य प्राविधिक सन्तोष मल्लिक, भजनीका पशु स्वास्थ्य प्राविधिक रामबहादुर सार्की लगायत १२ जना पशु स्वास्थ्यकर्मीको टोलीले पशुहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update