Hamro Patra

टीकापुर, माघ २७

नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कञ्चनपुरको बेल्डाँडी नगरपालिका वडा नं. २ का वडाध्यक्ष पे्रम खातीलाई कालोमोसो दलेका छन् ।

CMA Staff

अध्यक्ष खातीलाई कार्यकक्षमै आएका विप्लबका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

उक्त पार्टीको युवा संगठन नेपाल कञ्चनपुरले खातीलाई कार्यकक्षम गएर कालोमोसो दलेको जनाएको छ । आर्थिक अनियमितता तथा मनोमानी गरेको भन्दै जनकारीस्वरुप कालोमोसो दलेको संगठनले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसअघि कैलालीका सहायक वन अधिकृतलाई समेत कालोमोसो दलेका थिए । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update