Hamro Patra
टीकापुर नगरपालिकाका ५० हजार मतदाता

टीकापुर, माघ २७

सरकारले स्थानीय तहको निर्वाचन मिति तोकेसँगै राजनीतिक दलहरुमा चुनावी सरगर्मी बढेको छ । आगामी निर्वाचन आफ्नो पक्षमा पार्न यतिबेला राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् ।

Khadga Memorial And Janajagriti

निर्वाचन आयोग समेत चुनावी तयारीमा जुटिरहेका बेला टीकापुर नगरपालिकामा मतदाताको संख्या कति होला ? यो प्रश्न स्वभाविक उठ्छ नै । आयोगले हालसम्मको मतदाता संख्या सार्वजनिक गरेको छैन ।

यद्यपि आयोगको वेभसाइटमा २०७७ पौष मसान्तसम्म १८ वर्ष उमेर पुगेका मतदाताको संख्या ५० हजार ४ शय ८१ रहेको छ ।

वेभसाइटमा उपलब्ध तथ्यांक अनुसार सबैभन्दा बढी वडा नं. १ मा २० हजार १ शय ५४ मतदाता रहेका छन् भने सबैभन्दा कम वडा नं.९ मा छन् । वडा नं. ९ मा २ हजार ३ शय ७८ मतदाता रहेका छन् ।

वडा नं. २ मा ५ हजार १ शय, वडा नं. ३ मा ३ हजार २ शय ६८, वडा नं. ४ मा ३ हजार २ शय ५८ मतदाता रहेका छन् ।

त्यस्तै वडा नं. ५ मा ४ हजार ८ शय २३, वडा नं. ६ मा ३ हजार ३ शय ५७, वडा नं. ७ मा ४ हजार ४ शय ७३ र वडा नं. ८ मा ३ शय ६ शय ७० मतदाता रहेका छन् ।

यही तथ्यांकलाई आधार मान्ने हो भने टीकापुर नगरपालिकामा कुल ५२ हजार बढी मतदाता हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update