Hamro Patra
सुदूरपश्चिममा बेमौसमी झरी

टीकापुर, माघ २६

सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा हिउँदे झरी भइरहेको छ । दुई दिनअघि खुलेको आकाशमा मंगलवारदेखि नै बादल लागेको थियो । बुधबार वर्षा भइरहेको छ ।

CMA Staff

वर्षा भएसँगै चिसो बढेको छ भने जनजीवन प्रभावित भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिमको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।

मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिममा वर्षा र हिमपात भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update