Hamro Patra
शिकारीको पासोमा परेर चितुवाको मृत्यु

जमुना न्यूरे
सुखड, बैशाख १५
शिकारीले थापेको पासोमा परेर आज सुखड नजिकै एक वयश्क चितुवाको मृत्यु भएको छ । डिभिजन वन कार्यालयल पहलवानपुरका अनुसार घोडाघोडी नगरपालिका–३ नारायणपुरमा चितुवा मरेको हो ।

स्थानीयले थाहा सामुदायिक वन उपभोक्ता समुह र मोहन्याल सामुदायिक वन उपभोक्ता समूहको सीमा क्षेत्रमा चितुवा पासोमा परेको अवस्थामा भेटेका थिए ।

Khadga Memorial And Janajagriti

वन कार्यालयको टोली घटनास्थल पुग्दा पासोमा परेको चितुवा घाईते अवस्थामा भेटिएको डिभिजन वन कार्यालय पहलवानपुरका निमित्त प्रमुख गौचरण चौधरीले जानकारी दिए ।

पासोमा परेको घाईते चितुवालाई सकुशल उद्दार गर्न वन कार्यालयले बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई बोलाएको थियो । निकुञ्जको टोली घटनास्थल नपुग्दै घाईते चितुवाको साढे ३ बजेतिर मृत्यु भएको वन कार्यालयका निमित्त प्रमुख चौधरी बताए ।

उनका अनुसार मृत्यु भएको चितुवा ६ दशमलव ८ इञ्च लामो, ३० इञ्च मोटो र २८ इञ्च अग्लो रहेको छ । मरेको चितुवालाई जनप्रतिनिधि, प्रहरी प्रशासन र सरोकारवालाहरुको रोहवरमा गाडिएको छ ।

शिकारीले बँदेल मार्नका लागि थापेको पासोमा चितुवा परेको आशंका गरिएको छ । पासोमा मोटरसाइकलको तीन वटा ब्रेक तार प्रयोग भएको पाईएको चौधरीले बताए । उनले घटनाका बारेमा अनुसन्धान भैरहेको बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update