टीकापुर, माघ १५
टीकापुर नगरपालिका वडा नं. ३ जमरा कुलाको किनारमा रहेको एक सुकुम्बासी बस्तीकी बासिन्दा हुन् विना चौधरी । सुकुम्बासी बस्तीमा महिलामाथि हुने गरेको थिचोमिचो, कुरीति र कु–संस्कार देखे भोगेकी उनलाई तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा लाग्न प्रेरित गर्यो ।
महिलाको समान सहभागिता, विशेष अधिकार, कुरीति, कुसंस्कार समाजमा केही कम भए पनि पुरै हटेको भने थिएन । समाज रुपान्तरण हुन अझै बाँकी थियो । श्रीमान्ले कान्छी श्रीमती भित्र्याएर एक्लै छोडेपछि छोरीको लालनपालनका लागि इट्टाभट्टामा काम गर्न थालेकी उनी २०७४ को स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भइन् ।
हाल नगरपालिकाको सार्वजनिक लेखा समिति, वन तथा वातावरण समिति र महिला तथा बालबालिकामा समितिको सदस्य रहेर काम गरिरहेकी उनी आफ्नो कामबाट सन्तुष्ट छिन् ।
प्रस्तुत छ, द एसिया फाउण्डेसनको सहयोगमा, भ्वाइस अफ वीमन मिडियाले संचालन गरेको नेतृत्वमा महिला कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाका उपमेयर केशरी विस्टले गर्नु भएका सकारात्मक कामको भिडियो स्टोरी !
https://www.youtube.com/watch?v=c5HxRBLc7fc