टीकापुर, माघ १५
२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको चुनावमा टीकापुर नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित हुने एकमात्रै उम्मेदवार हुन् केशरी कुमारी रावल विष्ट । माध्यमिक विद्यालय तहमै अध्ययन गर्दै गर्दा समाजसेवाप्रति सक्रिय हुँदै आएकी उनी सामाजिक कार्यमा महिलाको सहभागिता बढाउन केन्द्रित रहँदै आएकी छन् ।
नेपाल विद्यार्थी संघमा आवद्ध भएर विभिन्न भित्ते पत्रिका, वार्षिक बुलेटिनहरुमा महिलासम्बन्धी लेख, रचनाहरु प्रकाशित गर्दै आएकी थिइन् । टीकापुरका सफल व्यवसायी सुरत बहादुर विष्टसँग वैवाहिक बन्धनमा जोडिएकी उनी केही समय राजनीतिमा सक्रिय हुन सकिनन् । नेपाली काँग्रेसको १२ औं महाधिवेशनबाट वडा प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित उनी २०७४ मा सम्पन्न निर्वाचनमा उनी उपमेयरमा निर्वाचित भइन् ।
राजनीतिमा पारिवारिक सहयोग पाइरहेकी उनी विशेषगरी महिलाको उत्थान, विकास र क्षमता अभिवृद्धिमा काम गर्दै आइरहेकी छन् । हाल टीकापुर नगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको ‘हाम्री छोरीः प्यारी छोरी’, आमासँग उपमेयर कार्यक्रम, सुत्केरी पोषण कोशेली, होम टु हस्पिटल जस्ता कार्यक्रमले उनलाई समाजमा सशक्त महिना नेतृत्वका रुपमा हेर्न थालिएको छ ।
प्रस्तुत छ, द एसिया फाउण्डेसनको सहयोगमा, भ्वाइस अफ वीमन मिडियाले संचालन गरेको नेतृत्वमा महिला कार्यक्रम अन्तर्गत टीकापुर नगरपालिकाका उपमेयर केशरी विस्टले गर्नु भएका सकारात्मक कामको भिडियो स्टोरी !
https://www.youtube.com/watch?v=KAho-dCDKoU