टीकापुर, मंसिर १५
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा कार्तिक महिनामा मात्रै ३५ वटा उजुरी दर्ता भएका छन । ती मध्ये सबैभन्दा धेरै कैलाली जिल्लाबाट ९ वटा छन । आयोगका अनुसन्धान अधिकृत चन्द्रकान्त बस्नेतले सुदूरपश्चिमका नौ जिल्ला मध्ये अछाम, डडेल्धुरा र बाजुराबाट मात्रै कात्तिक महिनामा कुनै उजुरी दर्ता नभएको जानकारी दिए । उनका अनुसार सुदूरपश्चिमका अन्य जिल्लाहरु मध्ये कञ्चनपुरबाट ७, बझाङबाट ६, दार्चुलाबाट ५, बैतडी र डोटीबाट ४÷४ उजुरी दर्ता भएका छन ।
उनले कैलालीको टीकापुरमा आज (बुधवार) आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै चालु आवमा कात्तिक मसान्तसम्म २२४ वटा उजुरी दर्ता भएको बताए । उनका अनुसार ती मध्ये ११६ उजुरी फछ््र्यौैट भएका छन ।
आयोगका अनुसार गत आवमा कार्यालयमा ९०७ उजुरी दर्ता भएका थिए भने अघिल्लो आवबाट ८३८ उजुरी सरिआएका थिए । ती मध्ये ७०७ उजुरी फछ्र्यौट भएका छन । गत आवमा सबैभन्दा धेरै स्थानीय तह अन्र्तगत उजुरी परेको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय तह अन्र्तगतका ३३३ उजुरी परेका थिए । उनले शिक्षा अन्र्तगत १४३ र उद्योग वन पर्यटन अन्र्तगत ९६ उजुरी परेको बताए ।
आयोगले गत आवमा ११४ वटा उजुरी अन्र्तगत ४४३ जनाका नाममा अदालतमा मुद्दा दायर गरेको छ । ती व्यक्तिहरुबाट आयोगले १ अर्ब ८९ करोड ४७ लाख ३५ हजार ४३४ रुपैयाँ बिगो माग दावी गरेको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिए ।
उनका अनुसार कार्यालयले हाल ८३ उजुरीको विस्तृत र १ हजार ६७ उजुरीको प्रारम्भिक अनुसन्धान गरिरहेको छ । ती उजुरी मध्ये सबैभन्दा धेरै कैलालीका २७६ र सबैभन्दा कम बाजुराका ४५ रहेका छन ।
आयोगमा विगत आव २०७०/०७१ देखी हालसम्म ६ हजार ६०० उजुरी दर्ता भएका छन भने ५ हजार ३०० फछ्र्यौट भएको अनुसन्धान अधिकृत बस्नेतले जानकारी दिए । आयोगले हालसम्म २८ वटा स्टिङ्ग अपरेशन गरेको छ । जसमा सहयोगीदेखी उपसचिवसम्मका ४७ जना पक्राउ परेका छन ।
आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कैलालीका टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर र जानकी गाउँपालिकाका केही जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख र कर्मचारीहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिमका प्रमुख रामबहादुर कुरुङवाङले समाजका हरेक पक्ष भ्रष्टाचारसँग जोडिएको बताए । उनले एकले अर्कोलाई दोष दिएर मात्रै भ्रष्टाचारको अन्त्य नहुने बताउँदै भ्रष्टाचार नियन्त्रणमा सबै पक्षको हातमालो आवश्यक रहेको बताए ।
उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानूनी व्यवस्था हुनुपर्ने समेत बताए । उनले विद्यमान कानूनी व्यवस्थाले राज्यलाई नै कमजोर बनाउने काम भैरहेको बताए । ‘हामीले आफू अनुकुलको कानून बनायौं’ उनले भने–‘जसका कारण राज्य कमजोर भयो र गलत गर्नेहरु हावी भए ।’
उनले सदाचारिता र इमान्दारिता नै सबैभन्दा ठूलो हतियार भएकोले सबैले मनन गर्नुपर्नेमा जोड दिए । उनले आयोगका काम कारवाहीलाई जनताले महशुस गर्ने गरी अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुले आयोगको काम कारवाही प्रति जिज्ञासा राखेका थिए । उनीहरु मध्ये कतिपयले आयोगको काम प्रति असन्तुष्टी समेत व्यक्त गरेका थिए ।