Hamro Patra
टीकापुरमा सेनाको भर्ना अभियान

टीकापुर, बैशाख १५
नेपाली सेनाले पहिलो पटक टीकापुरमा भर्ना छनौट केन्द्र स्थापना गरेको छ । सेनाको भवानी दल गण अन्र्तगत स्थापना भएको केन्द्रले १५० जनालाई छनौट गर्ने बताईएको छ ।

जसमध्ये खुलातर्फ ७९ जना, महिलातर्फ १४ जना, आदिवासी÷जनजातितर्फ २१ जना, मधेशीतर्फ १९ जना, दलिततर्फ १० जना, पिछडिएको क्षेत्रतर्फ ३ जना र कर्तव्यपालनको क्रममा ज्यान गुमाएका वा अंगभंग भएका सेनाका सन्तानतर्फ ४ जना रहेका छन । यी सबै सिपाही पदका लागि हुन ।

Khadga Memorial And Janajagriti

सेनाले टीकापुरस्थित हवाईमैदानमा भर्ना छनौट केन्द्र स्थापना गरेको छ । यही बैशाख ३ गतेदेखी भर्ना छनौट प्रकृया सुरु भएको छ । इच्छुक योग्यता प्राप्त व्यक्तिले जेठ १ गतेसम्म नर्मल दस्तुरमा फाराम भर्न पाउने छनौट प्रकृयामा संलग्न सेनाका अधिकारीले जानकारी दिएका छन । उनका अनुसार जेठ २ देखी ८ गतेसम्म दोब्बर दस्तुर तिरेर भर्ना प्रकृयामा सामेल हुन पाईनेछ ।

ती अधिकारीले भर्ना प्रकृयामा सामेल हुन चाहने व्यक्तिको संख्या दिनानु दिन बढ्दै गैरहेको बताए । उनले निर्धारित समयमा तोकिएको कोटा अनुसार भर्ना प्रकृया पूर्ण हुने बताए ।

सेनामा भर्ना हुनका लागि योग्यता पुगेको देशको जुनसुकै स्थानमा बस्ने व्यक्तिले पनि भर्ना प्रकृयामा सामेल हुन पाउने बताईएको छ । सेनाले कैलालीकै तेघरीस्थित भर्ना छनौट केन्द्रबाट समेत भर्ना प्रकृया थालेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update