Hamro Patra
कैलालीका १३ पालिका मध्य ११ पालिकामा नर नारायण शाहको पक्षको प्यानल बिजय
CMA Staff

नेपाली काँग्रेस कैलालीमा कार्तिक ३० गते भएको पालिका अधिबेशनबाट बर्तमान जिल्ला सभापती नर नारायण शाहको टिमले १३ वटा पालिका मध्य ११ वटा पालिकामा जित हासिल गरेको छ । जस अन्तर्गत शाहको प्यानलबाट धनगढी उपमहानगर पाकिकामा यज्ञराज उपाध्याय, गौरिगगा नगरपलिकामा पहल बिक्रम चन्दको पुरै प्यानल, लम्किचुहा नगरपलिकामा ईन्द्र कुवरको पुरै प्यानल, टिकापुर नगरपालिकामा नरेश खत्रीको पुरै प्यानल, भजनी नगरपालिकामा नवराज मिश्रको पुरै प्यानल, चुरेगाउपालिकामा हेम शाहको पुरै प्यानल, जानकी गाउपालिकामा गणेश रेग्मीको पुरै प्यानल,बर्दगोरियामा कृष्ण बिष्टको पुरै प्यानल, कैलरी गाउपालिकामा कृष्ण चौधरी, मोहन्यालमा कमल साउदको पुरै प्यानल, जोशिपुरममा बसिराम चौधरी बर्तमान पार्टी सभापती नारायण शाहको प्यानबाट निर्वाचित भएका छन । भने नर नारायण शाह प्यानल भन्दा बाहिर गोदावरी नगरपालिका वीर बहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बम बहादुर सिह प्यानल भएका छन । हिजो सम्पन्न अधिबेशममा १३ वटा पालिका मध्य ४ वटा पालिकामा सर्ब सम्मत रुपमा अधिबेशन बाट नेतृत्व चयन गरिएको छ । धनगढी उपमहानगर पालिकामा सभापतिमा सर्ब सम्मत भए पनि अन्य पदाधिकारी र सदस्यमा भने सहमतिको प्रयास भै रहेको छ । सम्भाव तया सहमती नभएमा तलका पदहरुको निर्वाचन आज हुने र यसमा पनि सबै उम्मेदवार शाह कै प्यानलका रहेका छ्न । बर्तमान सभापतिलाई अहिले रामजनम चौधरी, डा रण बहादुर रावल, मोहन सिह राठौर, नारायण दत्त मिश्र, जनक चौधरी, भक्त बहादुर थापा, दिनेश जोशी, हरिष खडका, खेमराज चौधरी, नृप बहादुर वडा र बर्तमान पार्टी सभापति शेर बहादुर देउवा र आर्जु देउवाको ठूलो सहयोग रहेको छ । शाहको यो दोस्रो कार्यकाल हो । उहाँ सुदुरपशिचम प्रदेशमा सभापती लडने बताई सक्नु भएको छ । कार्तिक ३० गते भएको पालिका अधिबेशमा पनि शाह पक्षधरको ६५ प्रतिशत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको अध्ययनले देखाएको छ । यसै गरि मसिर ३ गते हुने प्रदेश अधिबेशन, ६ गते हुने क्षेत्रीय अधिबेशन र १० गते हुने जिल्ला अधिबेशनमा पनि शाह्को प्यानल निर्वाचित हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update