Hamro Patra

टीकापुर, असोज २५

कैलालीको टीकापुरमा प्रहरीको हिरासत भित्र एक व्यक्ति मृत अवस्थामा भेटिएका छन ।

Khadga Memorial And Janajagriti

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत भित्र सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षका धनबहादुर राना मगर मृत अवस्थामा भेटिएका छन ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक ९डिएसपी० प्रकाश सापकोटाका अनुसार उनी हिरासत भित्रै रहेको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका छन । उनका अनुसार उनी आज बिहान ६ बजेतिर शौचालय भित्र गएका थिए ।

शौचालय भित्र गएका राना मगर लामो समयसम्म बाहिर नआए पछि हिरासतमा रहेका अन्य व्यक्तिहरुले प्रहरीलाई खबर गरेको डिएसपी सापकोटाले बताए । हिरासत भित्र थप पाँच जना समेत रहेका छन । उनका अनुसार शौचालयको ढोका फोडेर हेर्दा राना मगर आफ्नो गन्जी (भित्री वस्त्र) को पासो लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा भेटिएका छन ।

कैलाली प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) विश्व अधिकारीले घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए । उनी आफै घटनाको अनुसन्धानमा खटेका छन ।

प्रहरीका अनुसार मृतक राना मगर भैंसी चोरेको आरोपमा हिजो मात्रै पक्राउ परेका हुन । उनी जानकी गाउँपालिका दुर्गौलीबाट एक स्थानीयको भैंसी चोरेर भाग्दै गर्दा पक्राउ परेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज २५, २०७८  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update