टीकापुर, भदौ १०
कैलालीमा प्रायः प्रभावहीन बन्दै गएको निषेधाज्ञा अनिश्चितकालका लागि थप गरिएको छ । जिल्लामा रहेका सरकारी कार्यालय, विभिन्न संघसंस्था कार्यक्रम, स्थानीय तहहरुले शुरु गरेको राष्टिय परिचय पत्रको तथ्यांक संकलन लगायतका कार्यक्रमले निषेधाज्ञा प्रभावहीन बन्दै गएको हो ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा थप गरे पनि कैलालीमा रहेका सरकारी कार्यालयहरुले समेत मापदण्ड अनुसार आदेशको पालना गरेको पाइँदैन ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी गरिएको आदेशमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।
कोरोना संक्रमण दर बढि रहेकाले यसअघि जारी भएको आदेशलाई अर्काे आदेश जारी नभएसम्म निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालद्धारा जारी आदेशमा भनिएको छ ।
आदेशअनुसार पूर्व निर्धारित परीक्षा सञ्चालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना राख्न पाइने उल्लेख छ ।
यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन् ।