करेन्ट लागेर युवतीको ज्यान गयो
टीकापुर, भदौ १०
करेन्ट लागेर कैलालीमा एक युवतीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार जिल्लाको गोदावरी नगरपालिका वडा नं. ५ बस्ने ४० वर्र्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको हो ।
बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी रानाको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८ १७:०८
प्रतिक्रिया दिनुहोस्