Hamro Patra

धनगढी, भदौ ९

कैलालीको गोदावरी नगरपालिकामा ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जबरजस्ती करणी प्रयास गरेको आरोपमा गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरी पक्राउ परेका हुन् ।

CMA Staff

यसअघि उक्त बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाएको आरोप लागेका एक प्रहरी सहायक निरीक्षक (असई) निलम्बनमा परिसकेका छन् । प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले अस्थायी प्रहरी चौकी बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीलाई निलम्बन गरेको थियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा उक्त प्रकरणबारे छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्धय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्का सदस्य छन् ।

उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएको भन्दै खबर बाहिरिएको थियो । वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update