Hamro Patra
चारकोठे भवनको समुदघाटन

टीकापुर, भदौ ५
टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिर माविको हाताभित्र निर्मित चारकोठे पक्की भवनको आज समुदघाटन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले भवनको समुदघाटन गरेका छन ।

भवनको समुदघाटन समारोहमा बोल्दै रावलले विकासका काममा सबै पक्षको हातेमालो जरुरी रहेको बताए । उनले कुनै काम मैले मात्रै गरेको हुँ भन्ने सोच कसैमा पनि हुन नहुने बताउँदै सबैको साझा प्रयासबाट मात्रै समाज विकासको दिशातर्फ उन्मुख हुने बताए ।

CMA Staff

उनले सडक फराकिलो र ठूलठूला महल भएर मात्रै नमूना शहर नहुने बताउँदै समाजका हरेक पक्षको विकास हुन आवश्यक हुने बताए ।

सोही अवसरमा संविधान सभा सदस्य हरि ज्ञवालीले कुनै काममा नेतृत्व गर्दा एकथरी मानिसहरुले सामाजिक सञ्जालमा आलोचना मात्रै गर्ने परिपाटीको विकास भएको प्रति चिन्ता व्यक्त गरे । उनले स्वस्थ आलोचनलाई स्वभाविक रुपमा लिन सकिने बताउँदै तल्लो स्तरमा गालीगलौच गर्नु अस्वभाविक भएको बताए ।

उनले कुनैपनि कामको विरोध गर्नु सजिलो भएपनि त्यसलाई सम्पादन गर्नु निकै चुनौतीपूर्ण हुने बताए ।

बीरेन्द्र विद्या मन्दिरका प्रमुख गुठियार नवराज रावलको अध्यक्षतामा भएको कार्यक्रममा श्याम खत्रीले स्वागत मन्तव्य राखेका थिए भने प्राचार्य यज्ञराज ज्ञवालीले भवन निर्माणका बारेमा जानकारी दिएका थिए ।

यो भवन सामाजिक विकास मन्त्रालय अन्र्तगत सामाजिक विकास कार्यालयको अनुदान सहयोगमा निर्माण भएको हो । भवन कार्यालयको ३८ लाख र जनश्रमदान १२ लाख ३८ हजार ५४० रुपैयाँमा निर्माण भएको हो ।

भवन विद्यालय व्यवस्थापन समितिका सदस्य श्याम खत्रीको संयोजकत्वमा गठित उपसमितिले २०७७ माघ १७ गतेबाट निर्माण थालेको हो ।

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update