Hamro Patra
तोकिएको अवधिमा जडान भएनन् अक्सिजन प्लान्ट

टीकापुर, भदौ ३

कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा ३० दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नेगरी सम्झौता भए पनि सम्झौताको झण्डै तीन महिना बित्नै लाग्दा समेत प्लान्ट जडान भएको छैन ।

कोरोनाको तेश्रो लहर आउने सम्भावना रहेको भन्दै स्वाथ्स्थ्य मन्त्रालयले अक्सिजन तयारी अवस्थामा राख्न निर्देशन दिएको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान नभएको हो ।

Khadga Memorial And Janajagriti

अक्सिजन प्लान्ट जडानका लागि टीकापुर अस्पताललाई सुदूरपश्चिम प्रदेश सरकारले ८० लाख रुपैयाँ छुट्याएको थियो । त्यस्तै आर्थिक वर्षको अन्तिममा प्लान्टकै लागि भन्दै संघीय सरकारबाट समेत ७५ लाख रकम अस्पतालमा आएको थियो । प्लान्टकै लागि टीकापुर नगरपालिकाले २० लाख, जानकी गाउँ पालिकाले १५ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए ।

कोरोनाको दोश्रो लहरमा अक्सिजनको अभाव हुँदा कोरोना संक्रमितले ज्यान गुमाउनु परेको भन्दै प्लान्ट जडानका लागि रकम विनियोजन गरिएको भए पनि सप्लायर्सले तोकिएको समयमा जडान गर्न सकेको छैन ।

अक्सिजन प्लान्ट जडानका लागि गरिएको टेण्डर आव्हानमा हेल्थकेयर सप्लायर्स, काठमाडौंले २०७८ जेठ १७ गते ३० दिनभित्र जडान गर्ने गरी सम्झौता गरेको थियो । टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राईले कोरोना संक्रमणका कारणले सप्लायर्सले तोकिएको समयमा प्लान्ट जडान गर्न नसकेको बताए ।

‘कोरोनाको कारण भन्दै ३० दिनभित्र सप्लायर्सले प्लान्ट जडान गर्न सकेन’ डाक्टर राइले भने ‘हामीले सामाजिक विकास मन्त्रालयमा त्यो कुरा जानकारी गराएका छौं, संघीय मन्त्रालयले नै भदौसम्मको म्याद दिएको छ ।’ डाक्टर राईका अनुसार अक्सिजन प्लान्ट ठूलो ६० सिलिण्डर २४ घण्टामा सिलिण्डर ९ज्ञद्धल्ःघरएभच ज्यगचक० भर्ने क्षमताको हो ।

सप्लायर्सले साउन अन्तिमसम्ममा प्लान्ट जडान गरिसक्ने बताउँदै आएको छ । ‘सप्लायर्ससँगको सम्झौतामा कोभिडको कारणले सम्झौताको अवधिभित्र सामाजिक विकास मन्त्रालयको अनुमतिमा अवधि बढाउन सकिनेछ भनिएको छ’ डाक्टर राईले भने ‘कोरोनाको कारण देखाउँदै संघीय स्वास्थ्य मन्त्रालयले नै उक्त योजनालाई बहुवर्षेमा पारिदिएको छ, भदौसम्म म्याद दिएको छ ।’

३ वेड आइसियु र १२ वटा भेन्टिलेटरसहित १५ वटा एचडियु बेड क्षमता रहेको अस्पतालमा हाल अक्सिजन १४९ सिलिण्डर रहेका छन् । विभिन्न दातृ निकायबाट अक्सिजन कन्सन्टेटर समेत उपलब्ध भएकाले हाललाई अक्सिजनको समस्या नभएको डाक्टर राईले बताए ।

५१ वेड क्षमताको टीकापुर अस्पतालमा उक्त प्लान्ट जडान हुँदा अक्सिजन पर्याप्त हुने भए पनि विरामीको चापमा भर पर्ने डाक्टर राइले बताए । अस्पताललाई प्रदेश सरकारले कोभिड व्यवस्थापनका लागि डेढ करोड रुपैयाँ आर्थिक वर्षमा छुट्याएको भए पनि उक्त रकम खर्च गर्नका लागि मन्त्रालयले अनुमति दिनुपर्छ ।

टीकापुर अस्पतालमा कोरोनाको दोश्रो लहरमा ५१ जना कोरोना संक्रमितको ज्यान गएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update