Hamro Patra
जोखिममा सत्ती घाट पुलः पिल्लर भासियो

टीकापुर, साउन ३२

कणर्ाली नदीले धार परिवर्तन गर्दा सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कणर्ाली नदीको सत्ती घाटस्थित पक्की पुल जोखिममा परेको छ । एक महिनाअघि लुम्बिनी प्रदेशको राजापुर जोड्ने पुलको किनार भाँसिएको थियो । किनार भाँसिएको महिना दिन नपुग्दै पुलको अन्तिम पिल्लर समेत भाँसिन थालेको छ ।

स्थानीयका अनुसार पुलको पिल्लर भासिँदै गएपछि दुई स्पान जोडिएको भागमा समेत चिरा परेको छ । पुलको किनारको पिल्लर भाँसिदै गएपछि पुल नै जोखिममा परेको स्थानीयले बताएका छन् । पिल्लर भाँसिएसँगै पुल समेत बांगो हुँदै गएको राजापुरका स्थानीय बदालु थारुले बताए ।

Khadga Memorial And Janajagriti

‘पिल्लर भासिँदै गएपछि पुल थोरै बांगो भएको छ, तेर्सो भएको छ’ उनले भने ‘पूरै कणर्ाली नदी राजापुरतर्फ फर्किएको छ, यसले यो पिल्लर वर्षेनी जोखिममा पर्दै आएको थियो, यस पुलको छेउ समेत भाँसिएपछि पुल थप जोखिममा परेको हो ।’

यो पुल हुलाकी राजमार्ग अन्र्तगत निर्माण भएको हो । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो । यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्ल

को दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए ।

पाँच वर्षअघि पुलको निर्माण रसुवा कन्स्ट्रक्सन प्रालिले समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो । पुल निर्माणका क्रममा बनाइएको अस्थायी बाँधका कारण नदीको बिच भागमा बालुवा, ढुंगा थुप्रिएको छ । बिचमा थुप्रिएको बालुवा र ढुंगाले नदीले धार परिवर्तन गरेर पानीको पुरै बहाव पुलको अन्तिम पिल्लरतर्फ बग्न थालेपछि पिल्लर भाँसिँदै गएको हो । नदी किनारमा बालुवा थुपारेर गरिएको तटबन्धले वर्षेनीले पिल्लर भासिँदै गएको बताइन्छ । समयमै मर्मत गर्नका लागि पहल नहुँदा पुल नै जोखिममा परेको स्थानीय बताउँछन् ।

‘वर्षै पिच्छे राजापुरतर्फको भाग भासिँदै गएको छ, समयमा मर्मत गर्नेतर्फ कोही ध्यान दिँदैनन्’ टीकापुर नगरपालिका वडा नं. ८ का ठाकुरप्रसाद चौधरीले भने ‘पुल निर्माणकै समयमा राजापुरतर्फको अन्तिम पिल्लरमा बालुवा थुपारेर तारजाली राखियो, जसले गर्दा बालुवा बग्दै गयो, पुल भासिँदै गयो ।’

पुलको किनारमा अर्को एक पिल्लर थप गर्नुपर्ने माग गर्दै आएका स्थानीयबासीको मागलाई भने कतैबाट सुनाई भएको छैन । वर्षेनी नदीको बहावले पुल जोखिममा पर्दै जाँदा समेत समयमा सम्बन्धित निकायले ध्यान दिन नसक्दा हुलाकी सडकखण्डलाई सुदूरपश्चिम र लुम्बिनी प्रदेशसँग जोड्ने कणर्ाली पुल उच्च जोखिममा रहेको छ ।

टीकापुर नगरपालिकाका इञ्जिनियर नविन ओझाले सत्ती घाटको पुलको अन्तिम पिल्लर भाँसिएको हुनसक्ने बताए । पिल्लरको भाँसिएकाले पनि पुल बाँगो हुँदै गएको र स्पानको बिचमा ग्याप बढ्दै गएको हुन सक्ने उनले बताए । ‘एकातर्फको स्पानको ग्याप बढ्दै गएको छ भने अर्कोतर्फ खुम्चिएको छ, यसले पिल्लर भासिँएको हुनसक्छ’ इञ्जिनियर ओझाले भने ‘भासिँएकै हो कि होइन भने यकिन गर्न भने प्राविधिक टोलीले बताउन सक्छ, प्रारम्भिक रुपमा हेर्दा भासिँएको देखिन्छ ।’

पुलको अवस्था जटिल बनेपछि हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जका आयोजना दिर्नेशक रोहितकुमार बिसुराल नेतृत्वको टोलीले पुलको अवस्थाका बारेमा अध्ययन गरेको छ । आयोजना निर्देशक बिसुरालले ६ दशमलव ५ मिटरको पिल्लर थोरै भासिएको बताए । उनले पिल्लर भासिएका कारण पुल तेर्सो भएको बताए । ‘पिल्लरमा कति क्षति भएको छ भन्ने यकिन गर्न पानीको बहावले समस्या भयो’, उनले भने, ‘पानीको बहाव घटेपछि मात्रै विस्तृत रुपमा हेर्न सकिन्छ ।’

उनले नदीमा पानीको बहाव बढे अवस्था गम्भिर हुनसक्ने औंल्याए । उनका अनुसार नदीको पूरै बहाव पुलको राजापुरतर्फको भागमा ठोक्किएको छ । ‘अहिले नै पुलमा त्यति धेरै समस्या छैन’, उनले भने, ‘बाढी बढ्यो भने खतरा हुन सक्छ ।’

पुलमा जोखिम बढेपछि आवागमनमा कडाई गरिएको छ । पुलमा भारी क्षमताका सवारी साधनलाई आलोपालो वारपार गर्ने व्यवस्था गरिएको छ ।
पुलको उक्त क्षेत्रमा वर्षेनी कटान हुँदै आएको थियो । पाँच वर्षसम्म निर्माण कम्पनीले मर्मत सम्भार गर्दै आए पनि गत वर्षदेखि भाँसिएको भाग मर्मन हुन नसक्दा राजापुरतर्फको भाग भासिँएर आवागमन अवरुद्ध भएको हो । दुई वर्ष अघि देखि नै राजापुरतर्फको भागमा ठूलो प्वाल परेको थियो ।

नदीमा पुल निर्माण गर्दा बीचमा बनाइएका डाइभर्सनले नदीले धार परिवर्तन गरिएका कारण वर्षेनी पुल जोखिममा पर्दै गएको हो । स्थानीयले पुलको संरक्षणका लागि नदीको बीचमा बनेका साना टापुहरु सफा गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update