Hamro Patra
धनगढी विमानस्थल एक महिना बन्द हुने

धनगढी, बैशाख १२
धावनमार्ग मर्मतका लागि धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ । कार्यालय प्रमुख तेजबहादुर बुढथापाको अध्यक्षतामा आज बसेको बैठकले बैशाख २२ गतेदेखी जेठ २१ गतेसम्म विमानस्थल बन्द गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले धावनमार्ग जीर्ण भएकाले मर्मत गर्नुपर्ने भन्दै यस्तो निर्णय गरेको हो । झण्डै २२ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गर्ने निर्णय गरिएको बताईएको छ ।

Khadga Memorial And Janajagriti

धावनमार्ग बन्द रहने सुचना सबै एयरलायन्सहरुसँगको समन्वयमा नेपाल नागरिक उड्यान प्राधिकरणको प्रधान कार्यालयलाई प्रकाशन गर्न आग्रह गर्ने निर्णय भएको छ ।

त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि ठेक्का सम्झौता भएको छ । त्यस्को ठेक्का लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला जेभी काठमाडौँले पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ । १७ करोड ८८ लाखमा अव धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना समेत रहेको छ ।
तस्विरः गुगल

प्रकाशित मिति: बिहीबार, वैशाख १२, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update