Hamro Patra
कान्द्राले बगायो हुलाकी सडक

टीकापुर, साउन ३१

कैलालीको दक्षिणी भजनी नगरपालिका वडा नं. ५ लालबोझीस्थित हुलाकी सडक बाढीले बगाएको छ ।

कान्द्रा नदीमा आएको बाढीले टीकापुरको खक्रौलादेखि धनगढीको फुलबारी सडक खण्डको लालबोझीमा पर्ने एक शय मिटर बढी हुलाकी सडक बगाएको हो ।

Khadga Memorial And Janajagriti

तीन दिनदेखि परेको वर्षाका कारण कान्द्रा नदीमा पानीको सतह बढेपछि आएको बाढीले हुलाकी सडक बगाएको हो ।

भजनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव बुढाले कान्द्रा नदीले लालबोझीको शय मिटर बढी हुलाकी सडक बगाएको बताए । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा भजनी नगरपालिकाले २०७४ सालमा बनाएको तटबन्ध केही दिन अगाडि नै बगाएपछि उक्त सडक बाढीले बगाएको अध्यक्ष बुढाले बताए ।

‘नदी नियन्त्रणका लागि बनाएको तारजाली गतवर्षको बाढीले बगाएको थियो, अलिअलि सडक समेत कटान भएको थियो’ अध्यक्ष बुढाले भने ‘यस वर्ष झण्डै शय मिटर बढी सडक बगाएको छ ।’ उनले सडक नदीले बगाएपछि स्थानीयलाई आवातजावतमा समेत समस्याभइरहेको बताए । ‘सडक बगाई सकेपछि स्थानीयहरुखेतको आलीबाट हिँड्न बाध्य छन्, यातायातका साधनहरु भित्री बाटोबाट आउजाउगरिरहेका छन् ।’
अध्यक्ष बुढाले सडक निर्माणका लागि प्राविधिक टोलीले स्टिमेट गरिसकेको बताउँदै मर्मतका लागि नगरपालिकामा पहल भइरहेको बताए ।

तराई क्षेत्रको आर्थिक समृद्धिका लागि ०६६÷०६७ मा निर्माण गर्न शुरू गरिएको हुलाकी सडक आयोजना अन्तर्गतको सो खण्ड बाढीले बगाएको हो ।

‘हुलाकी सडक बगाएर खेतहरुको आलीसम्म नदी पुगिसकेको छ’ स्थानीय निरज चौधरीले भने ‘तत्काल नियन्त्रणको पहल नभए लालबोझीका कतिपय घरखेतहरु नदीमा परिणत हुनेछन् ।’

उनले नदीले गतवर्ष नै तटबन्ध आधा बगाएको उल्लेख गर्दै स्थानीय तहबाट नदी नियन्त्रणका लागि पहल नहुँदा यस वर्ष हुलाकी सडक नै बगाएको गुनासो गरे ।

भजनीकै स्थानीय खेमराज पाण्डेले हुलाकी सडकसँगको सम्पर्क विच्छेद हुने गरी कान्द्राले सडक बगाएकाले स्थानीयहरु वैकल्पिक बाटो प्रयोग गरिरहेको बताए । उनले भने ‘भजनीदेखि लालबोझीजाने हुलाकी सडकको सम्पर्क विच्छेद नै भएको छ, हामी वैकल्पिक बाटो भएर जानु पर्ने बाध्यता छ ।’

हरेक वर्ष कान्द्रा नदीले धार परिवर्तन गरेर कटान गर्दै आएको स्थानीयहरु बताउँदै आएका छन् ।

भारत सरकारको सहयोगमा टीकापुरको खक्रौला सडकदेखि धनगढीको क्याम्पस चोकसम्म ६२ किलोमिटर हुलाकी सडक निर्माण गरिएको थियो । ६२ किलोमिटर सडक मध्ये बसन्तावन क्षेत्रमा पर्ने झण्डै दुई किलोमिटर सडक निर्माण अवरुद्ध भएको भए पनि अन्य क्षेत्रमा यातायात सुचारु हुँदै आएको थियो ।

हुलाकी सडक कैलालीको पूर्वी क्षेत्रबाट धनगढी जाने छोटो सडकका रुपमा रहेका छ । गतवर्षदेखि सोही हुलाकी सडकलाई नेपाल सरकारले चौडा हुने गरी स्तरोन्नतिको काम गर्दै आइरहेको छ ।

फोटो सौजन्यःनिरज चौधरी

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update