Hamro Patra
जेसिज सप्ताहको तेश्रो दिनः कोभिड सचेतना कार्यक्रम सम्पन्न

टीकापुर, साउन ३०

टीकापुर जेसिजले जेसिज सप्ताह–२०७८ को तेश्रो दिन आज कोभिड १९ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । तेश्रो भेरियन्टको कोरोना आउने चर्चा चलिरहँदा जेसिजले एक कार्यक्रमको आयोजना गर्दै सचेतना फैलाएको हो ।

Khadga Memorial And Janajagriti

साँस्कृतिक संयोजक पृथ्वी चपाईंको अध्यक्षतामा भएको सचेतना कार्यक्रमका प्रमुख अतिथि टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं जेसिजका पूर्व अध्यक्ष चक्रपाणी सापकोटा रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले कोरोना जटिल किसिमको रोग भएकाले यसको उपचार भनेको नै सचेत रहनु भएको बताए ।

कार्यक्रममा बोल्दै नेपाल जेसिजका पूर्व राष्ट्रिय महासचिव टेकराज रेग्मीले जेसिजले शुरुवात गरेको सचेतना कार्यक्रममा स्थानीय सरकार, स्थानीय प्रशासनले निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्वअध्यक्ष प्रकाश शाह, इलाका प्रहरी कार्यालय टीकापुरका सई उद्धव बहादुर साउँद लगायतले बोलेका थिए । कार्यक्रममा खड्ग चोकमा आवातजावत गर्ने पाँच शय बढीलाई निःशुल्क मास्क वितरण गरिएको थियो । जेसिजका कार्यकारी उपाध्यक्ष कलमराज सुवेदीले स्वागत गरेको कार्यक्रममा सहभागीलाई शाखा अध्यक्ष लक्ष्मण थापाले धन्यवाद दिएका थिए ।

जेसिज साप्ताहिक कार्यक्रम भदौ २ गतेसम्म विभिन्न कार्यक्रमसहित सञ्चालन हुने अध्यक्ष सल्लाहकार पृथ्वीराज ढुंगानाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update