टीकापुर, साउन २९
टीकापुरमा पछिल्लो समय नयाँ रेष्टुरेन्ट तथा होटलहरु सञ्चालनमा आउने क्रम बढेको छ । आजदेखि टीकापुरको बलभद्र चोकमा खनेना रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको हो ।
भारतमा केही वर्ष होटलमा काम गरेर कोरियाको पाँच वर्षे बसाई सकेर टीकापुर फर्किएका युवा दीपक भण्डारीले खनेना रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
रेष्टुरेन्टको आज एक कार्यक्रमका बिच टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले उद्घाटन गरेका छन् । भण्डारीले पछिल्लो समय टीकापुरमा यूवाहरु होटेल व्यवसाय तिर लागेकोमा आफूलाई खुसी लागेको बताएका छन् ।
अध्यक्ष भण्डारीले टीकापुर उद्योग बाणिज्य संघले बेला बेलामा विभिन्न व्यवसाय गरिरहेका व्यवसायीलाई सहभागी बनाएर सञ्चालन प्रक्रिया, व्यवस्थापन आदिबारे जानकारी दिँदै आएको बताउँदै आगामी दिनमा पनि त्यो कामलाई निरन्तरता दिने बताए ।
बाहिर गएर अर्काको देशमा काम गर्नु भन्दा आफ्नै देशमा काम गर्ने गरी रेष्टुरन्ट सञ्चालनमा ल्याइएको सञ्चालक भण्डारीले बताए । रेष्टुरेन्टमा खाना, नास्ताका विभिन्न परिकारहरु पाइने जनाइएको छ ।