Hamro Patra
लागुऔषध दुव्यर्सनी नियन्त्रणमा सबै एकजुट हौंः अध्यक्ष भण्डारी

टीकापुर, साउन २९

टीकापुर जेसिजले जेसिज साप्ताहिकको दोश्रो दिन आज लागुऔषध दुव्यर्सनी सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुव्र्यसनीको कुलतमा युवाहरु फस्दै गइरहेको सन्दर्भमा जेसिजले सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

CMA Staff

कार्यक्रमका संयोजक भरत भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले लागुऔषध दुव्यर्सनी सामाजिक रोगका रुपमा रहेको भन्दै यसको निराकरणका लागि सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै जेसिजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर जगतबहादुर सिंह जेसिजले सचेतनामुलक कार्यक्रमलाई व्यापक बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले लागुऔषध दुव्यर्सनी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु गाउँ गाउँमा पुर्याएर अभिभावक समेतलाई सचेत गराउनु पर्ने बताए ।

कार्यक्रममा जेसिजका कानुनी सल्लाहकार टोपप्रकाश वि.क., कल्पेश कुँवरलगायतले बोलेका थिए । कार्यक्रममा सचेतना सम्बन्धी नाटक समेत प्रदर्शन गरिएको थियो ।

यसअघि जेसिज साप्ताहिकको पहिलो दिन बिहीवार टीकापुर नगरपालिका वडा नं. ३ शंकपुरस्थित केदारेश्वर आधारभूत विद्यालयलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको कार्यक्रमका संयोजक रुपकबहादुर विष्टले जानकारी दिए । सामाग्री वितरण कार्यक्रमका जेसिजका पूर्वअध्यक्ष प्रकाश शाहको प्रमुख अतिथ्यतामा भएको हो ।

जेसिज साप्ताहिक कार्यक्रम कार्तिक २ गतेसम्म विभिन्न कार्यक्रमसहित सञ्चालन हुने अध्यक्ष लक्ष्मण थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update