Hamro Patra
आन्तरिक राजश्व विभागको नक्कली स्टिकर सहित पाँच पक्राउ

टीकापुर, २६ साउन
कैलालीमा आन्तरिक राजश्व विभागको नक्कली स्टिकर सहित पाँचजना पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतीय र नेपाली नागरिक छन ।

प्रहरीले गौरीगंगा नगरपालिका–७ तालबन्द सडकखण्डमा ना ३२ क ६२८१ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोटरसाइकल चालक भारतको लखिमपुर खिरी बरौठाका १९ वर्षका संजित कुमार र सवार सोही ठाउँका २० वर्षका रिंकु कुमार रहेका छन । उनीहरुले बोकेको तीनवटा कार्टुनमा २ लाख ८८ हजार ६७४ थान स्टिकर फेला परेको प्रहरीले जनाएको छ ।

CMA Staff

प्रारम्भिक अनुसन्धानकाने क्रममा बरामद स्टिकरको १३ रोलमा एउटै सिरियल नम्बर राखेको पाईएको छ । उक्त स्टिकर गौरीगंगा नगरपालिका–७ मसुरीयास्थित वेष्टर्न लिकर्स प्रालिबाट ल्याई निजहरु कोठामा छाप लगाउन जाने क्रममा पक्राउ परेको बताईएको छ ।

उनीहरुको कोठामा खानतलासी गर्दा थप तीन जना पक्राउ परेका छन । उनीहरु रौतहट गरुडा नगरपालिका–१ जयनगरका ४० वर्षका राजकुमार शाह, पर्सा बिरगंज–१३ घण्टाघरका ५५ वर्षका विजय गुप्ता र भारत लखिमपुर खिरी बरौठाका २२ वर्षका सुरेश कुमार रहेका छन । उनीहरुको साथबाट ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान, स्ट्याम पेड ३ थान र मसी बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले जानकारी दिए ।

घटनाका बारेमा आन्तरिक राजश्व कार्यालय कैलालीसँग सहकार्य गरेर अनुन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update