Hamro Patra
कर्णाली नदीमा डुंगा पल्टियो एकको मृत्यु, तीन बेपत्ता
CMA Staff

टीकापुर, साउन १७
कर्णाली नदीमा डुंगा पल्टिएर घाईते भएकी एक महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक पदमबहादुर भुलका अनुसार मोहन्याल गाउँपालिका– ३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो । उनका एक महिनाका छोरा कर्ण सलामी मगर समेत घाईते छन ।

कैलालीको मोहन्याल गाउँपालिका– ३ राँगा पलेखा नजिकै दिउसो १२ बजेतिर नदीमा डुंगा पल्टिदा थप ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका छन । प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन ।

उनीहरु सुर्खेतको चौकुने गाउँपालिका– ४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी र स्थानीयले बेपत्ताको खोजी कार्य गरिरहेका छन । नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भैरहेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १७, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update